काठमाडौं – बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले गोल्डेन भिजा पाएका छन् । भारतिय मिडियाका अनुसार उनले बलिउड फिल्म उद्योगबाट युएईको गोल्डेन भिजा प्राप्त गरेका हुन् । यो भिजा युएईले बिशिष्ट ब्यक्तिलाई मात्र दिने गरेको छ । सन् २०२० देखी दिन सुरु गरिएको यो भिषा कुनै क्षेत्रमा निक्कै दख्खल हासिल गरेका विशेष गरेर बैज्ञानिक, पीएचडी होल्डर, डाक्टर लगायतलाई दिने गरिन्छ ।
गोल्डेन भिजा सञ्जयले पाएका हुन् । आफुले युएईको गोल्डेन भिजा पाएको सञ्जय आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आफुलाई गोल्डेन भिजा दिएकोमा युएईको सरकारलाई धन्यबाद दिएका छन् ।
उनले एईका युवराजको जुम्ल्याहा सन्तान भएकोमा सबैभन्दा पहिलो बधाई दिएका थिए ।सञ्जय बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने पहिलो अभिनेता बनेका छन् । बलिउड अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् ।सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्म दिएका छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।