अन्तरिक्ष विशेषज्ञले बितेका केही वर्षमा धेरै नै प्रगति गरेका छन्। ब्रह्माण्डको धेरै रहस्य जान्नमा मनुष्य सफल भएको छ । केही रहस्य सुल्झाउनमा मनुष्य लागि परिरहेको छ । तर, सौर्य मण्डलको महत्वपूर्ण सदस्य सूर्यका बारेमा भने धेरै जानकारी छैन ।
विशेषज्ञका अनुसार सात वर्ष शान्त रहेपछि सूर्यले अब आफ्नो प्रचण्ड रुप देखाउँदैछ । यानेकी अब प्रचण्ड गर्मी हुनसक्छ। सयौं वर्षपछि सूर्यले आफ्नो यस्तो रुप देखाउने अनुमान गरिएको हो । जुन पृथ्वी तथा यहाँका वासिन्दाका लागि भने पक्कै पनि राम्रो खबर होइन ।
सूर्यको चरण करिब एघार वर्षमा आउने जाने हुन्छ । यस चरणको सम्बन्ध सूर्यको आन्तरिक चुम्बकीय गतिविधिसँग हुने गर्छ । अक्सर गरेर यसले सनस्पट वा सोलार फ्लेयरबाट धोका खाने गर्छ । वैज्ञानिकहरु यस समय सूर्यको प्रचण्ड तापका बारेमा नियालिरहेका छन । यदि यसो भएका खण्डमा यो पृथ्वीका लागि भने कष्टकर हुनेछ ।
वैज्ञानिकको अनुमान अनुसार सूर्यको ताप प्रचण्ड भएका खण्डमा हाम्रा पावर ग्रिड तथा संचार प्रणाली ध्वस्त हुन सक्छ । हालको आधुनिक सभ्यताका लागि आवश्यक सबै प्रविधिमाथि पनि ठूलो नोक्सानी हुन सक्नेछ । यहाँसम्म कि पृथ्वीमा रहेका मानिस तथा रोबोटिक मिशन पनि यसबाट प्रभावित हुनेछ । तर पनि हाम्रो सौर्य मण्डलको जटिलता बुझ्न भने त्यति सहज छैन ।
आगामी सौर्यचक्र यानेकी सोलार साइकल सन् २०२५ सम्म चरम हुने अनुमान विशेषज्ञको छ । यस दौरान नासाले लगातार पार्कर सोलार प्रोबको अध्ययनमा लागि परेको छ । युरोपीय स्पेस एजेन्सीको सोलार अर्बिटर पनि सूर्यको वरपर घुमिरहेको अनुमान गरिएको छ। जसबाट केही जानकारी हासिल हुने पनि आशा गरिएको छ ।
सन २०२४ मा पर्न गएको खग्रास सूर्य ग्रहणले पनि ब्रह्माण्डको अद्भुत रहस्यको बारेमा रुचि राख्नेलाई यसले अझै रोमाञ्चित पनि बनाउनेछ ।
अघिल्लो सोलार साइकलका बारेमा सेप्टेम्बर २०२० मा भविष्यवाणी गरिएको थियो कि चक्र २५ को असर एकदमै नगण्य हुनेछ । तर, अन्य सौर्य चक्र विशेषज्ञ भने एक अलग्गै नाटकीय परिणामको बारेमा भनिरहेका थिए । उनीहरुका अनुसार सन १७५५ पछि यो सबैभन्दा शक्तिशाली चक्र हुनेछ । युनिभर्सिटी अफ मेरिल्याण्ड तथा उनका खोजकर्ता साथी भने यो निष्कर्षमा पुगेका थिए । उनीहरुले यसलाई टर्मिनेटरको नाम दिएका छन ।
यस सोलार साइकलले पृथ्वीमा धेरै नै नोक्सान पुर्याउने अनुमानसमेत गरिंदैछ । सनस्पटका कारण भयंकर विष्फोट हुन सक्नेछ । जसलाई सोलर फ्लेयर्स पनि भनिन्छ । यसले अन्तरिक्षमा विकिरण तथा चार्ज कण फैलन सक्नेछ, जसलाई कोरोनल मास इजेक्सन भनिन्छ । यदि धेरै मात्रामा कोरोनल मास इजेक्सन पृथ्वीसँग ठोकिन पुगेमा विनाशकारी जियोम्याग्नेटिक तुफान पनि आउन सक्नेछ ।
सन १८५९ मा सोलार साइकल १० को दौरान यस्तै तुफान आएको थियो । क्यारिंगटन इफेक्ट नाम गरेको यस घटनाले त्यसबेला टेलिग्राफ सेवालाई नराम्रो असर पुर्याएको थियो ।