सुप्रिया ढकाल ,
४ ज्येष्ठ, सिमरा । २५६३ औ बुद्ध जयन्तीको अवसरमा बाराको जितपुरसिमरा उपमहानगरपालीका १ सिमरास्थित साँग टासी देछेन लिङ्ग बौद्ध गुम्बाले ¥याली सहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान करिब ८ः३० बजे गुम्बाबाट सुरु भएको ¥याली एयरपोर्टचोक, मुख्य राजमार्ग, नेपाल टेलिकम चोक हुदै जगदम्बा कम्पनिको गेट अगाडिबाट पुन गुम्बा फर्किएको थियो । बौद्धको मुर्ती सजाएर निकालिएको ¥यालीमा सिमरा पब्लिक अंग्रेजी माध्यमिक बिद्यालय, अक्षरा पाठशाला तथा लोटस एकेडेमीका बिद्यार्थी सहित बौद्ध धर्मावलम्बिहरु गरी झण्डै ८ सय जनाको उपस्थिती रहेको थियो । ¥याली पश्चात गुम्बाका प्रमुख लामा छेकु लामाबाट बुद्ध धर्म तथा बुद्ध वाणि सम्बन्धि प्रवचन समेत दिईएको छ । बुद्ध जयन्ति मनाउन गुम्बा पुगेका गौतम बुद्धका अनुयायीहरुले प्रार्थना र प्रसाद ग्राहण गरी फर्किएको प्रमुख लामा छेकु लामाले कपुरबोटलाई जानकारी दिए ।
यता पथलैयाबासीहरुले झ्याङ छुक गुम्बा पथलैयामा प्राथना र पुजा पाठ गरी बुद्ध जयन्ती मनाएका छन् । बिहानै गुम्बामा भेला भएका स्थानियले विश्व शान्तिको प्राथना सहित पुजा पाठ गरेका हुन् । आज बेलुका १ सय ८ दिप प्रज्वलन गरीने गुम्बा प्रमुख राजकुमार डिङ्डोङले बताए । १ सय ८ ले शुभसंकेत हुने भएकाले बुद्धको मुर्ती अगाडि सोहि संख्यामा दिप प्रज्वलन गर्ने गरीएको उनको भनाई छ । ढलौटको दियोमा घ्युमा भिजाईएको कपासको बत्ति बालिन्छ । बुद्ध जयन्तीको अवसरमा बेलुका ६ बजे हुने दिप प्रज्वन कार्यक्रममा सहभागी हुन डिङ्डोङले बुद्धका अनुयायीहरुमा अपिल गरेका छन् ।
घुम्ने हैन त लुम्बिनी
आज बुद्ध जयन्तीको अवसरमा नेपालको प्रसिद्ध सहर लाईट अफ एसियाका जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको निकै घुईचो लागेको छ । एक पटक घुम्नै पर्ने ठाँउ लुम्बिनीलाई हेरौ तलको भिडियोमार्फत ।
https://youtu.be/DisjvsERTwg