भरतपुर ।युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा नेपाल) ले नारायणी अञ्चलका लागि टोयोटा मोटर, स्पेयर पाट्र्स तथा लुब्रिकेन्टको बिक्री–वितरण र सवारी मर्मत सेवाका लागि अटोवेज प्रा.लि. मात्रै आधिकारिक सब–डिलरको रूपमा रहेको जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा अवस्थित अटोवेज प्रा.लि. लाई टोयोटा नेपालले उक्त जिम्मेवारी दिएको छ ।साबिक नारायणी अञ्चलमा टोयोटासम्बन्धी सवारी बिक्री, स्पेयर पाट्र्स तथा मर्मत सेवा लिन उपभोक्ताहरूले यही आधिकारिक सब–डिलरमार्फत सेवा लिनुपर्ने कम्पनीले जनाएको छ ।टोयोटा नेपालले आधिकारिक सब–डिलर बाहेक अन्य व्यक्ति वा संस्थाबाट सामान वा सेवा लिँदा हुने कुनै पनि किसिमको हानि–नोक्सानीप्रति कम्पनी जिम्मेवार नहुने स्पष्ट पारेको छ ।
साथै, उपभोक्ताहरूलाई आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरिएको छ साथै अटोवेज प्रा लि ले ग्राहकहरुको सुबिधालाइ मध्यनजर गर्दै अत्याधुनिक सुबिधा सहित को नया सोरुम सहित सर्भिस सेन्टर पनि छिट्टै सुरुवात हुन लागेको जनकारि गरएको छ ।