पोखरा,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पहिलोपटक पोखरा बाहिरका जनप्रतिनिधिहरूले उल्लेखनीय उपस्थिति जनाएका छन्। तर, कार्यक्रम सुरु भएको यत्रो दिन बितिसक्दासमेत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अहिलेसम्म कार्यक्रममा सहभागी भएका छैनन् ।
उच्च स्रोतका अनुसार, कमलनयन गौतम गुरुका पोखराका मेयर आचार्यसँग पारिवारिक सम्बन्ध रहेको बताइएको भए पनि, महानगरपालिकाले प्रारम्भदेखि नै सहयोग गर्न चासो नदेखाएको आरोप आयोजक पक्षले लगाएका छन्। “घरको बाघले बारी खायो” भन्ने उखान यहाँ सान्दर्भिक देखिएको छ ।
सोही अवसरमा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली र अन्य जनप्रतिनिधिहरूको टोलीले सहभागिता जनाउँदै कार्यक्रमलाई भव्य बनाएका छन्। उनीहरूले प्रवचनस्थलमै छमछम्ती नाचेर धार्मिक उत्साह प्रकट गरे। साथै, १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सेवाप्रति समर्पणको सन्देश दिएका छन्। “दूरका ढुंगा देउता” भन्ने उखान यहाँ सान्दर्भिक देखिन्छ।
कार्यक्रम स्थल विशेष सजावटसहित झनै भव्य देखिएको थियो, जहाँ भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो। स्थानीय बासिन्दाहरूले थाहा नगरपालिकाका जनप्रतिनिधिहरूको सक्रियता र सकारात्मक भूमिकाको खुलेर प्रशंसा गरेका छन्। “परदेशीको पूजा, देशीको उपेक्षा” भन्ने उखान यहाँ सान्दर्भिक देखिन्छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले भने, “हामीप्रति कुनै रिसराग छैन। म र हाम्रो मानव सेवा फाउण्डेशन त सधैं स्वागत गर्न तत्पर छौं।” उनले मेयरको अनुपस्थितिबारे आफूलाई जानकारी नभएको स्पष्ट पारे।
परदेशीको पूजा, देशीको उपेक्षा: गण्डकी कोटिहोम
परदेशीको पूजा, देशीको उपेक्षा: गण्डकी कोटिहोम

Advertisement
तपाईको प्रतिक्रिया