पोखरा , १७ वैशाख . २०८२ गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरा श्रीगण्डकी शत कुण्डी गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज देखि औपचारिक रूपमा सुरु हुदैँ छ। मानव सेवा फाउन्डेशनद्वारा आयोजित यो महायज्ञ पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर र केही स्थानीयको जग्गामा ४१ दिनसम्म निरन्तर सञ्चालन हुनेछ।
यसैबीच आज गण्डकी कोटिहोमको सुरुभएको प्रथमदिन महायज्ञमा धेरै पत्रकारहरुको सहभागी थियो जसमा बोल्दै पत्रकार सन्तोष देउजाले पोखराका मेयरले अपराध गरे जस्तो गर्दै पोखराको मेयरले महायज्ञको कुप्रचार गरे , यति सम्म गिर्छन भने सोच थिएन भन्दै आरोप लगाए ।
उनले जोडे “ बिरोध उसकै हुन्छ जसले काम गर्न खोज्छ तर पोखराका मेयरले यस महायज्ञमा ठुला मान्छे आउन रोक लगाएका छन् , करोड भ्रष्टाचार भएको अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा बोल्नुस मेयर साब ह्या त तपाईले रोकेको मान्छे नआएपानी अब फरक पर्दैन ,गण्डकीले इतिहास रच्छ रच्छ । हिजो मात्र आशिका दिदीको भिडीयो हेरे पोखरा साचै फोहोर रैछ मेयर साब बरु त्यसमा जोड दिनुस् “
आजबाट सुरु भएको गण्डकी कोटीहोम जेठ २६ गते सम्म चल्ने छ भने दैनिक रुपमा भक्तजन बढर्दै गएका छन । दैनिक कथा बाचन गर्दै आएकी देवी प्रतिभाको आज अन्तिम दिन रहेको छ ।
अपराध गरे जस्तो गर्दै पोखराको मेयरले महायज्ञको कुप्रचार गरे , यति सम्म गिर्छन भने सोच थिएन : पत्रकार सन्तोष देउजा
अपराध गरे जस्तो गर्दै पोखराको मेयरले महायज्ञको कुप्रचार गरे , यति सम्म गिर्छन भने सोच थिएन : पत्रकार सन्तोष देउजा

Advertisement
तपाईको प्रतिक्रिया