चैत्र २५ गते दिउँसो १२ बजेको समयमा झापाको अर्जुनधारा नगरपालिका वडा न.१ हलुवागढ समुदायिक वन भित्रको आप खोल्सी भन्ने स्थानमा एक जना महिलाको सडेको अबस्थामा शव भेटिएको छ ।
Advertisement
स्थानीयले घाँस काट्ने क्रममा शव देखे पछि प्रहरीलाइ खबर गरेका थिए। त्यस लगत्तै घटना स्थलमा प्रहरी पुगेर प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा, लुगाको आधारमा मृतकको कान्छि छोरी देविका खड्का खनालले २:४५ बजे घटना स्थल पुगेर शवको पहिचान गरेको र मृतक इलाम जिल्ला रोङ गाउपालिमा वडा नं,२ बस्ने ६० वर्षिय सितादेवि खरेल रहेको पुष्टि भएको हो ।
उनि गत माघ २८ गते बाट बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा चैत्र ०४ गते हुलिया निबेदन परेको थियो। शव पुर्ण रुपमा सडि सकेको अवस्था छ भने, प्रहरीले थप अनुसन्धान गरिरहेको छ।