चितवन , चैत्र ०७
Advertisement
चितवनकी पत्रकार संगिता बानियाँ (सिलवाल)को निधन भएको छ ।ब्रेन क्यान्सरबाट पीडित संगीताको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेज क्यान्सर अस्पतालमा निधन भएको हो ।नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य पत्रकार बानियाँको देवघाटमा अन्तेष्टि गरिएको छ ।शिवशक्ति रेडियोमा कार्यरत उनी पश्चिम चितवन पत्रकार मंचकी उपाध्यक्ष समेत हुन् ।दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो ।स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।३० वर्षको उमेरमा निधन भएकी उनको श्रीमान विश्वास र एक ९ वर्षीय छोरी आरोही सिलवाल छन् ।

भरतपुर १४ शिबनगर स्थायी घर भएकी उनी विभिन्न सामाजिक संघ संस्थामा समेत कृयाशिल थिइन् ।यो वर्ष नेपाल पत्रकार महासंघ चितवन शाखाले २ जना सदस्य गुमाएको छ ।यसअघि फागुन ७ गते ब्लड क्यान्सर पिडित माडी निवासी भुपराज पाठकको निधन भएको थियो ।संगीताको उपचारका लागि एक महिनाअघि बचाउ अभियान समेत गठन गरि आर्थिक सहयोग संकलन गरिएको थियो ।२२ लाख बढि सहयोग प्राप्त भएको र उपचारमा आधा भन्दा बढि खर्च भएको अभियानका संयोजक विदुर केसीले बताएका छन् ।
उपचार खर्च कटाएर बाँकी रहेको रकम छोरी आरोहीको शिक्षा दिक्षामा सहयोग पुग्ने गरि बैंकमा जम्मा गरिने अभियानले जनाएको छ ।चैत ६ गते बसेको अभियान समितिको बैठकले सहयोग अभियान रोक्ने निर्णय गरेको अभियानका सदस्य एवं पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराईले बताएका छन् ।पार्थिव शरीरमा दागबत्ति दिएका ससुराबुवा मोहनबहादुर सिलवालले संगीताको क्रियाकर्म गरेका छन् ।