यज्ञविलास पौडेल (YB) सञ्चालक रहेको सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालि कर छलिमा तानिएको छ ।कन्सल्टेन्सीलाई नै आफ्नो निजि गोरख धन्दा बनाएका उनी बाहिर जति शुद्ध देखिन्छन्, भित्रि कथा फरक छ ।जापान पठाउने उनको व्यवसाय छ ।भाषा पढाउने र परामर्श दिने भन्दै पैसाका गड्डी संकलन गर्ने तर कारोबार अनुसारको कर चुक्ता नदेखाउने उनको शैली हो ।समाजसेवाको ढोंग रचाएर लुट मच्याउने कलेज नामधारी कन्सल्टेन्सीका मालिक वाइबीको फेहरेस्ती लामो छ ।एउटै व्यक्तिका ३ वटा कन्सल्टेन्सी दर्ता छन् ।ठुला ठुला संरचना निर्माणाधिन छन् ।हालसालै सवारी खरिद गरिएका छन् ।नारायणगढमा अन्डरग्राउण्ड पार्किङसहित ७ तलाको टावर छ ।रत्ननगर सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि.ले गत वर्ष २८ हजारको कारोबार गरेको भनिएकामा कर तिरिएन ।गत ४ वर्षदेखि त कारोबार शुन्य छ ।
कारोबारै नभएको संस्थाले कसरी ठड्याउदैछ आलिसान महल ?अब सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि. र चितवन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि.का हरहिसाब हेरौं, पहिलो सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.ली.ले ०७९÷८० मा २ करोड ८४ लाख ९३ हजार ९ सय ७१ कारोबार गरेको विवरण देखियो भने १ लाख ७६ हजार ७२६ कर बुझाएको रहेछ ।
चितवन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि.ले ८ लाख ७० हजार कारोबार गरेकोमा ६२ हजार ६०९ रुपैया कर दाखिला गरेको हो ।कावासोतीमा पनि टावर निर्माणाधिन छ ।त्यो त्यसै ठडिदै छैन ।सानासाना नानीबाबुहरुलाई ठुला ठुला सपना देखाएर उठाइएको अस्वभाविक शुल्कको उपज हो ।१० वर्षदेखि वाईबी पौडेलले चितवनमा मात्रै राज गरेका छैन्न ।उनका गोरख धन्दाका धेरै ब्रान्च छन् ।राजधानी काठमाडौंदेखि जापानसम्म राम्रै संञ्जाल छ ।यति सम्म कि उनी देशकै सेलिब्रटी झै देखिन्छन् ।जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् वाईबी ।उनले नारा नै फेरिदिए ।यदि चन्द्रमा कक्षा १२ पास गरेका विद्यार्थी हुन्थे भने सायद उनी त्यहाँ पनि पुग्थे ।उनी नपुगेका सभा समारोह छैन, विद्यालय, कलेज छैन, खेल मैदान छैन ।आमा समुहदेखि युवा क्लब, वडा कार्यालयदेखि महानगरपालिकासम्म उनको राम्रै पहुँच छ ।नो वार्गेनिङ ।प्रतिव्यक्ति १५ देखि १६ लाख उनको मुल्य हो ।जापानको कलेजलाई तिर्ने देखि प्लेनको टिकटसम्म अनिर्वाय सर्त छ ।न हिसाब देखाउछन् न राज्यलाई कर तिर्छन् ।श्रोत भन्छ, जापानका कलेजबाट कमिसन लिन्छन् ।हुण्डिमा कारोबार गर्छन् ।मुनाफाको केही विज्ञापन र सहयोगका नाममा वितरण गर्छन् ।
आत्तरिक राजस्व कार्यालयमा बुझाईएको गत आर्थिक वर्षको कर २ लाख ३९ हजार ३३५ मात्रै हो ।तर उनले वार्षिक २ हजार विद्यार्थी जापान पठाउछन् ।प्रति विद्यार्थी २ लाखका दरले शुल्क असुल्छन् ।त्यति मात्र होइन ।२ लाखकै दरले जापानका कलेजबाट कमिसन बुझ्छन् ।यसरी हेर्दा प्रति विद्यार्थी ४ लाखका दरले अधिकतम २ हजार विद्यार्थीको ८० करोडको वार्षिक कारोबार हुन आउँछ ।तर कर कार्यालयमा ३ करोड कारोबारको मात्रै कर दाखिला देखिन्छ ।बाँकी ७७ करोडको हर हिसाब देखिदैन ।उसको कारोबारमा शंका लागेपछि आत्तरिक राजस्व कार्यालय भरतपुरले छड्के अनुगमन समेत गरेको थियो ।कन्सल्टेन्सीको कार्यालयमा पुगेका अनुगमन अधिकारीले हिसाब खाता मागे ।अबैध कारोबार देखिने डरले उनीहरुले खाता देखाएनन् ।त्यसपछि राजश्व अधिकारीहरुले तत्काल २० हजारको जरिमाना भराए ।अब यो धन्दाको असुली प्रकृयामा जाउँ, पहिलो चरण भाषा अध्ययन गर्न जाने क्रममै कागजपत्र संकलनकै नाममा ५० हजार बैना मागिन्छ ।निशुल्क जापनिज भाषाका कक्षाहरु सञ्चालन भईरहेको प्रचार गरिन्छ ।तर शैक्षिक प्रमाणपत्र र राहदानी जफत गरिन्छ ।जापानका कलेजमा फर्म भरिन्छ ।जापानका कलेजहरुले सिओई अर्थात अनुमति पत्र पठाउछन् ।त्यसपछि दोस्रो चरणमा फेरि ५० हजार लिइन्छ ।नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)सँगै विद्यार्थीहरुले कलेजलाई रकम पठाउछन् ।७ लाख देखि १० लाख सम्म जापानै पठाउनुपर्ने हुन्छ ।
आधिकारिक श्रोतले भन्छ, त्यसमै ति कलेजहरुले कमिसन छुट्याउने गर्छन्, प्रति व्यक्ति १ देखि २ लाखका दरले ।भिएफएस भिषा अनुमति प्राप्त भएपछि बाँकी १ लाख रकम मागिन्छ ।त्यहि कन्सल्टेन्सीमा भाषा अध्ययन गर्ने एक जना विद्यार्थीका अनुसार भिषा आएसँगै २ लाख बुझाइयो ।जारी सिजनमा ६०० जना त्यहाँबाट जापान गए ।प्रति विद्यार्थी २ लाखका दरले ६०० जनाको १२ करोड आम्दानी भयो ।एक वर्षमा ३ सिजन हुन्छ ।प्रत्येक सिजनमा १२ देखि १५ करोड सम्मको कारोबार अनुपात हो ।त्यसरी हेर्दा वार्षिक ३६ देखि ४५ करोड सम्म आम्दानी हुने देखियो ।यो त खुद आम्दानी भयो ।जापानबाट प्राप्त गर्ने कारोबार पनि त्यति बराबर नै हुन्छ ।भिषा आएपछि त्यहिँबाट प्लेन टिकट काट्नुपर्ने अनिर्वाय सर्त हो ।त्यसमा पनि कमिसनका खेल त छदै छन् ।नाम नबताउने सर्तमा भरतपुरकै एक ट्राभल्स एजेन्सीका अनुसार ३५ देखि ४० हजार बढि मुल्यमा प्लेन टिकट दस्तुर लिईएको पाईयो ।तर अधिक आम्दानीको श्रोत खोजिदैन ।वाईबी पौडेल ३ करोडको फर्चुनरमा सवारी गर्छन् ।विज्ञापनका नाममा समेत उनले लाखौं वितरण गरेका छन् ।त्यसको समेत यकिन विवरण सरकारी अधिकारीसँग छैन ।
अहिले हजारौंको संख्यामा बिद्यार्थीहरु जापान हानिएका छन् ।पिडित विद्यार्थीका असंख्य गुनासो आएका छन् ।यसको जवाफ उनीसँगै छैन ।हामीले जवाफ माग्न खोज्यौं ।उनी सम्र्पकमै आउन चाहदैनन् ।उनका नामका उजुरी फाइल सरकारी कार्यालयमा थन्किएका छन् ।ति फाइल टकटक्याउन खोजिएको छ ।बाँकी समाचार अर्को शृखंलामा…..