भरतपुर ।पश्चिम चितवनको सुन्दर संगम युवा क्लबले भव्य एकादशी मेला गर्ने भएको छ ।भरतपुर १४ सुन्दरबस्ती खेलमा आगामी मंसिर ७ गते हरिबोधनी एकादशीको अवसरमा एकादशी मेला गर्ने भएको हो ।साथै खुल्ला नृत्य प्रतियोगिता र चर्चित कलाकारहरुको उपस्थितिमा कन्र्सट पनि गरिने क्लबका अध्यक्ष कञ्चंनमणि पौडेलले बताएका छन् ।
मेलामा चर्चित लोकगायक पशुपति शर्मा र प्रिति आले सहित स्थानिय कलाकारहरुको बजोड प्रस्तुति रहने उनले जानकारी दिएका छन् ।थारु नृत्यलाई प्राथमिकता राखिएको अध्यक्ष पौडेलले बताएका छन् ।क्लबको कार्यसमिति सँगै मेलामा स्वयमंसेवकहरु समेत परिचालन गरिने छ । मेलामा हेल्थ क्याम्प राखिएको उनले बताए । साझँको समयमा सुरक्षा सर्तकता अपनाउनुपर्ने भएकाले मादक पदार्थ सेवन नगर्न आयोजकले दर्शकहरुलाई आग्रह गरेको छ ।
सुन्दरबस्ती खेल मैदानमा हरेक हरिबोधनी एकादशीमा भव्य मेला लाग्ने गरेको छ ।मेलामा विभिन्न खेलकुदसँगै स्थानिय उत्पादनहरु राखिने गरिन्छ ।पश्चिम चितवनका अधिकांश मानिसहरु मेला भर्न जाने गरेका छन् ।चाडपर्व सकिएपनि एकादशी मेलाले स्थानिय स्तरमा थप रौनक थप्ने गरेको छ । सुन्दर संगम युवा क्लवले सांस्कृतिकसँगै खेलकुद र सामाजिक कार्यहरु गर्दै आएको छ ।