भरतपुर । भरतपुरमा भएको यामाहा माइलेज र्यालीमा पुष्पाञ्जली शर्मा विजेता बनेकी छन् । नविन अटो सेन्टरले गरेको रेजआर १२५ माइलेज च्यालेन्ज र्यालीमा २१ जना सहभागि भएका थिए । लायन्सचोकमा रहेको नविन अटो सेन्टरदेखि दासढुंगासम्म माइलेज प्रतिस्पर्धा भएको थियो । पुञ्पाञ्जलीले ८० किलोमिटर माइलेज सहित प्रथम भएकीहुन् । र्यालीमा दोस्रो अमृता तिवारी र तेस्रो रामबहादुर तामाङ भएका छन् ।
Advertisement
अमृताले ७४.३ किलोमिटर र रामबहादुरले ७४.१५ किलोमिटर प्रति लिटर माइलेज सहित यात्रा गरेका थिए । बढी माइलेज दिने सवारीचालकलाई विजेता तोकिएको नविन अटो सेन्टरका व्यापारिक प्रमुख राजु स्वर्णकारले बताए । विजेताहरुलाई पुरस्कृत समेत गरिएको छ ।