काठमाडौं– नेकपा एमालेका सचिव, पूर्व मन्त्री तथा सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । काठमाडौं तथा ललितपुरको प्रहरी टोलीले रायमाझीको सातदोबाटोस्थित घरमा छापा मारेको हो ।
Advertisement
नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएका रायमाझीविरुद्ध पक्राउ पूर्जी नै जारी भैसकेको छ । उनी पछिल्लो केही दिनदेखि सम्पर्कविहीन छन् ।प्रहरीले सोमबार देशभरका यूनिटलाई रायमाझीलाई खोजी गर्न निर्देशन दिइसकेको छ ।