चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताउनुभएको छ । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाई कटाई तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाईरहेको प्रमुख दाहालले बताउनुभयो ।वडाबाट दैनिक रुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष २ हजार जानलाई निःशूल्क तालिम दिन लागेको जानकारी दिनुभयो ।
मागको आधारमा हुने तालिमको लागि १२ सय जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भईरहेको उहाँको भनाई थियो ।प्रमुख दाहालले भरतपुरको अन्तर्राष्ट्रिय कृकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो ।ठूला ठूला परियोजना सम्पन्न भएसँगै दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अहिलेबाट मागको आधारमा सबैखाले तालिम दिईरहेको प्रमुख दाहालले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ ले २७ वटा टोल विकास संस्थाबाट ३ जनाको दरले छनोट गरी सिलाई र ड्राईभिङको तालिम दिएको थियो । भने सिलाई कटाई मिशिन पनि हस्तान्तरण गरिएको थियो ।भरतपुर महानगरपालिका¬¬ वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाई मेशिनमार्फत थप रोजगारी सिर्जना गर्न प्रशिक्षर्थीलाई आग्रह गर्नुभयो । सिप सिके कुनै पनि ठाँउमा राम्रो आम्दानी लिन सकिने उहाँको भनाई थियो ।