भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचारत राष्ट्रपति रामचन्द्र भण्डारी डिस्चार्ज भएका छन्। अस्पतालबाट डिस्चार्ज भएसँगै उनी आजै स्वदेश फर्किने कार्यक्रम छ।
Advertisement
राष्ट्रपति पौडेल उपचारका लागि ६ वैशाखमा दिल्लीस्थित उक्त एम्स अस्पतालमा भर्ना हुन पुगेका थिए। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन्।
चिकित्सकहरूले राष्ट्रपति पौडेललाई केही हप्ता आराम गर्न सुझाव दिएको प्रवक्ता आचार्यले जानकारी दिएका छन्।