भरतपुर । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मत सहित अग्रता ल्याएपछि कांग्रेसका उम्मेदवारले हार स्वीकारेका छन् । चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठले पराजित भएपनि सुखदुखमा साथ दिने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनले मत दिने मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
जितनारायण श्रेष्ठले फेसबुकमा यसरी लेखेका थिए–
यहि बैशाख १० गते सम्पन्न चितवन क्षेत्र न.२ को उपनिर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धन बाट म उम्मेदवार बनिरहदा साथ दिनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।निर्वाचनको प्रचार–प्रसार तथा घरदैलोको क्रममा यहाहरुको दिनुभएको माया–ममता,सद्भाव र आशीर्वादको सदैव ऋृणी रहनेछु।
निर्वाचनमा पराजित भएता पनि यहि माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र सङ्कल्पका कारण यहाहरुको सुखदुखमा विगतमा भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु,जयनेपाल ।