चितवन । उपनिर्वाचनको मतगणनाअन्तर्गत चितवन २ मा आफ्ना निकटतम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।
Advertisement
५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठमाथि ३२ हजार ६११ मतको फराकिलो अग्रता बनाएका छन् ।श्रेष्ठले ७ हजार ४५८ मत मात्र ल्याएका छन् । यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत मात्र ल्याएका छन् ।यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले २५४ मत मात्र ल्याएका छन् ।
चितवन २ मा ७८ हजार २७७ मत खसेको छ ।