काठमाडौं – तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुने भएको हो ।बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे ।
Advertisement
आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।