चितवन माडीकी सोनिया खत्री सुवेदीलाई आत्महत्या गर्न बाध्य पारिएको माईती पक्षले आरोप लगाएको छ । मृतककी आमा कल्पना खत्री सुवेदीले ज्वाईं लक्सन पौडेलको परिवारविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी छन् । गर्भवति रहेकी आफ्नी छोरीलाई घर पक्षका मिलेर आत्महत्या गर्न बाध्य पारेको उनको आरोप छ ।माडी नगरपालिका ८ खरकट्टामा घरभित्र झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । हत्या गरेर आत्महत्या देखाउन खोजेको उनीहरुको आशंका छ । शवलाई भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ । तर त्यो पोस्टमार्टम रिर्पोटलाई माईती पक्षले स्वीकारेका छैनन् ।
पिडितको उजुरी उपर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताए । सोनीका श्रीमान लक्सन प्रहरी नियन्त्रणमा रहेको र शवलाई दाहसंस्कार कस्ले भन्ने विषयमा छलफल भईरहेको प्रमुख कार्कीले जानकारी दिए ।
२०७५ फागुनमा २१ वर्षिय सोनिया र २८ वर्षका लक्सनविच ४ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुका साढे २ वर्षिय छोरी समेत छन् । अहिले पनि उनको पेटमा ५ हप्ताको बच्चा रहेको रिर्पोटमा देखिएको छ ।श्रीमान् पक्षले भने आत्महत्या नै रहेको बताएको छ । गएको चैत २५ गते माईत भरतपुर १४ शान्तीपुरबाट उनी श्रीमानको घर माडी खरकट्टा गएकी थिईन् ।२६ गते विहान छोरीले आत्महत्या गरेको खबर आयो । नातिनीलाई छोडेर घर गएकी छोरीको आत्महत्या खबरले खत्री परिवार स्तब्ध भयो ।
‘कहिलेकाही बुढाबुढी झगडा गर्थे’, सोनियाकी आमा कल्पनाले भनिन्,‘ मैले के भयो भनेर सोध्दा सामान्य हो भनेकी थिई, सबै छुट्एिर बसेका थिए, तर परिवारमा राम्रो सम्बन्ध थिएन, त्यसकै कारण यस्तो भएको हो ।’ परिवारका अनुसार उनीहरुको विहे दर्ता समेत भएको छैन ।अर्कै केटी ल्याउछु भनेर छोरीलाई श्रीमानले धम्क्याउने गर्थे । केटीको फोटो समेत देखाएका थिए । उनीहरु मासु पसल व्यवसाय गरेर बसेका थिए ।श्रीमानसँग झगडा गरेर छोरी माईत आएकी थिईन् । घर जाने बेलामा केहि ७ हजार जति पैसा ईसेवा गरेर पठाईदिएकी थिईन् ।उनीहरुले छोरीलाई आत्महत्या गर्न बाध्य पार्नेहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । कल्पना र हरिबहादुर खत्री सुवेदीका २ छोरी मध्ये उनी जेठी छोरी हुन् ।