भरतपुर । ढाकाकुमार श्रेष्ठसँगको अडियोमा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले अडियोमा भएको आवाज ढाकाकुमारकै भएको जीकिर गरेका छन् । कपुरबोट मिडियासँग कुराकानी गर्दै उनले ढाकाकुमारलेनै फोन गरेको दाबी गरेका छन् । “बेलुका कुरा भएको थियो, विहान फेरी कुरा भएको हो”, प्रसाईले भने, “त्यहाँ मैले सबै कुरा सोधेको छु, म पनि चिन्दिनथे पहिले ।” प्रसाईले ढाकाकुमारलेनै फोन गरेर स्वास्थ्यमन्त्रालय पाउन थालेको भन्दै सल्लाह गर्नुप¥यो भनेपछि कुरा गरेको स्वीकारेका छन् ।
उनले कुराकानी हुनुभन्दा पहिले ढाकाकुमारलाई नचिनेको बताए । प्रसाईले रकम मागेको स्वीकारेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै पैसा लिएर र लिने शर्तमा मन्त्रीहरु बनाएको जीकिर गरे । पैसाकै लागि स्वास्थ्य छाडेर शिक्षामन्त्री लिएको आरोप समेत लगाएका छन् । सांसद हुन र मन्त्री बन्न रास्वपाभित्र पैसाको चलखेल भएको पुष्टी भएको दाबी गरेका छन् । उनले पैसा मागेको अडियो सार्वजनिक गर्नकै लागि रेकर्ड गरेको बताएका छन् ।
उनले ढाकाकुमारले सो अडियो आफ्नो होइन भनेर पुष्टी गरे ढाकाप्रसादको गाडी चलाउने ड्राइभर भएर हिड्न तयार भएको बताए । स्वास्थ्यमन्त्री उनले नपाएपछि च्याप्टरनै क्लोज भएको बताए । रास्वपाकै अरु मन्त्री बनेकाहरुको समेत आँफुसँग रेकर्ड आएको दाबी गरेका छन् । आरोपित श्रेष्ठले भने सो अडियो आफ्नो नभएको जीकिर गर्दै आएका छन् । रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई छानविनका लागि निलम्बन गरिसकेको छ ।
रास्वपाका सभापति रवि लामिछानले रास्वाप भ्रष्टलाई राख्ने, जोगाउने र पाल्ने पार्टी नभएको बताउँदै लेनदेनको कुरा नसहने बताएका छन् । उनले सामाजिक सञ्जालमा २ करोड प्रकरणलाई लक्षित गर्दै आलु कुहिएको भेटिए फालेर बोरा जोगाउने लेखेका छन् । मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको टेलिफोन वार्ताको सत्यतथ्य छानविन गर्नका लागि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न भनिएको छ । छानविन पुरा नहुदासम्म श्रेष्ठलाई सांसद र पार्टीको साधरण सदस्यको हैसियतले समेत कुनैपनि काम गर्न नपाउने गरी निलम्बन गरेको छ ।
अडियो आफ्नो होइन भनेर ढाकाले पुष्टी गरे उनको ड्राइभर बन्छुःः दुर्गा प्रसाई
अडियो आफ्नो होइन भनेर ढाकाले पुष्टी गरे उनको ड्राइभर बन्छुःः दुर्गा प्रसाई
Advertisement
तपाईको प्रतिक्रिया