नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय मोर्चा केन्द्रीय बिभाग द्वारा आयोजित “परिबर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व“ बिषयक अन्तरक्रिया चितवनमा सम्पन्न भएको छ । देशव्यापी सञ्चालन भएको अन्तरक्रिया नारायणी ब्यूरो अन्तर्गत चितवनको भरतपुरमा बृहत कार्यक्रमको आयोजना सहित सम्पन्न भएको हो । कार्यक्रममा श्रमिक समुदाय मोर्चा केन्द्रीय बिभागका इन्चार्ज सन्तोषी सी को अध्यक्षता रहेको कार्यक्रममा नेकपा पोलिट्ब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै पोलिटब्यूरो सदस्य सन्देश सी र केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज उत्सव सी विशेष अतिथि रहनुभएका थिए । सो उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी रुद्र सी, अखिल क्रान्तिकारी उपत्यका इन्चार्ज अटल सी, ट्रेड युनियन महासंघ नारायणी ब्यूरो इन्चार्ज धर्म सी, युवा संगठन नारायणी ब्युरो इन्चार्ज बिबेक सी, युवा संगठन चितवनको इन्चार्ज अशोक सी, श्रमिक समुदाय मोर्चा नारायणी ब्युरो इन्चार्ज धर्म सी, श्रमिक समुदाय मोर्चा चितवनको संयोजक अमृत सी, नेपाल उत्पीडित मुक्ति समाज स्थायी कमिटी सदस्य गोपाल परियार, बैज्ञानिक समाजवादी पार्टीको जिल्ला सचिब रमेश रसाइली राष्ट्रिय दलित पत्रकार संघ चितवन अमिर रामदाम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष कृष्ण ब परियार नेपाल सुनचाँदी ब्यबसाय संघ टेक ब बिस्वकर्मा नेपाल दलित मुक्ति संगठन वाग्मती प्रदेश संयोजक कर्ण बिस्वकर्मा जात ब्यबस्था उन्मुलन मोर्चा केन्द्रिय सदस्य लक्ष्मी सुनार भरतपुर महानगर पालिका दलित महिला सदस्य जनप्रतिनिधि मिठु बिक, भवानी देवी गदाल,रिता दर्जी स्वोस्तिका परियार, कोपिला परियार, देबि नेपाली, सीता बि क, कमला बिक,र सीता परियार उपस्थित थिए ।
दलित समुदायबाट चितवनको विभिन्न संघ सस्थामा कार्यरत विशिष्ठ दलित अगुवा, इन्जिनियर, प्रोफेसर, डाक्टर, वकिल,शिक्षक, राजनीतिक दलको नेता, दलित अधिकारकर्मी, तथा स्थानिय निकायमा जनप्रतिनिधि बनेका दलित महिला सदस्य सबैमा आमन्त्रित पत्राचार गरेको हिमाल सी ले बताए । डिल्ली सी ले संचालन गरेको कार्यक्रममा अतिथिहरुको अन्तरक्रिया पछि प्रमुख अतिथी एटम सी ले नेपाल कम्युनिस्ट पार्टीले दलित भन्ने शब्द हटाएर अगाडि सारेको सी जातिको अबधारणामा सहमत नदेखिनेहरु दलितको नामको कोटा र आरक्षण बाट पेट भर्न पल्केकाहरु रहेको आरोप लगाएका छन् ।दलित भन्ने शब्दको जहिले सम्म निर्मुल हुदैन तब सम्म जन्मजात प्रत्यक्ष श्रममा जोडिने यी समुदायको मुक्ती नहुने उनले बताए ।