काठमाडौँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, बैशाख १० मा नै हुने बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा सत्ता साझेदार दल जनता समाजवादीलाई सघाउने कांग्रेसको तयारी छ । प्रतिनिधिसभाको लागि तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ