भरतपुर । नेकपा माओवादी केन्द्रकाे संगठन एवं जनसम्बन्ध अभियान पुर्व भरतपुरका विभिन्न वडामा तयारी बैठक भएका छन् । प्रत्येक पालिकामा पार्टी अभियानलाई जाेड्ने गरि विशेष कार्यक्रम पुर्व आन्तरिक छलफल भएको हाे ।
भरतपुर २८ र २६ मा बैठक सम्पन्न गरिएको नेकपा माओवादी केन्द्रका नेता ऋषिराम चापागाईंले बताए । संगठन तथा जनसम्बन्ध अभियान अन्तर्गत जनतासँगकाे अन्तर्किया थालिएको उनलेे बताए । विशेष गरि माओवादीप्रति जनताको आशा जगाउन र जनगुनासाे सम्बाेधन गर्न अभियान गर्नुपरेको नेता चापागाईंले बताए ।
यसै अभियानलाई सफल बनाउन भरतपुर २६ वडा कमिटीको बैठक बसेकाे छ । बैठक वडा अध्यक्ष गोपिलाल सेन्चुरिको अध्यक्षता तथा बाग्मती कमिटी सदस्य नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।
बैठकले अभियान १२ गतेदेखि १५ गते सम्म साबिक वडामा पार्टी सदस्यहरुको भेला गर्ने निर्णय भएको छ। १२ गते साविक १,२ र ३ मा यस्तै १३ गते ४,५ र ६ मा र १४ गते ७,८ र ९ मा भेला गर्ने निर्णय भएको कमान्ड ईञ्चार्ज आचार्यले बताए ।
त्यसपछि जबस भेला तथा जनतालाइ भेटघाट गरिने उनलेे जनाए । नेता आचार्यले पार्टीको नीति, समसामयिक राजनीति परिस्थिति र अभियान बारे प्रस्ट पारे ।