आफुलाई सामाजिक अभियान्ताले चिनाउने तारा बराल फेरि चर्चामा आएकी छन् । यसअघि सरकारी कार्यालय, मन्त्रालयहरुमा पुगेर कर्मचारीलाई दोहोलो काट्ने उनले आजकल रवि लामिछाने नेतृत्वको रास्वपा विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएकी हुन् । हिजो रविकै पक्षमा मत माग्न हिडेकी तारा आजकल किन उनकै विरुद्धमा उभिईन् त ? कतिपयले चर्चामा आउनकै लागि उनी यसरी प्रस्तुत भएको बताउने गरेका छन् ।
आफ्ना मुद्धा सम्बोधन गर्ने प्रतिबद्धताबाट रवि ब्याक भएको उनको गुनासो छ । आफ्ना गल्ति लुकाउन सरकारवादीहरुसँग मिलेको उनले आरोप लगाएकी छिन् । हिन्दु राष्ट्र र राजतन्त्र ल्याउँछु भन्ने रबि लामिछानेको बचनले उनलाई जिताएको बताएईन् ।रास्वपालाई सिद्याईदिन्छु भन्दै सामाजिक सञ्जालमा बरालको अभिव्यक्ति भाईरल भईरहेको छ । उनी राजावादी हुन् । उनले अहिले रवि र रास्वपाविरुद्ध आगो ओकल्न थालेकी छिन् ।
चितवन २ बाट भारी मतले जितेका रविलाई आफुले छानेको, मज्जाले भोट माग्न हिडेको, रवि पनि राजतन्त्रवादी, हिन्दुवादी भएकाले उनले राजतन्त्र ल्याउछन्, उनले गर्न सक्छन्, काम गर्ने मान्छे हुन्, उनी जागरुक युवा हुन् । आफु राप्रपामा नभए पनि सैदान्तिक रुपमा विचार मिल्ने भएकाले त्यहाँका राप्रपाका नेता कार्यकर्ताको साथ र समर्थनका लागि रातीराती बैठक बसालेर भोट मागेको उनको टिप्पणी छ । रवि र लिग्देन एक दिन मिलेर नेपालमा राजतन्त्र र हिन्दु राष्ट बनाईन्छ भन्ने आशा थियो । छातीमा हात राखेर रवि लामिछानेले राजतन्त्र र हिन्दु राष्ट म ल्याउछु भनेर कसम खानुभएको थियो । म धोका दिन्न, मिलेर जाउ चुनावमा भन्नुभएको थियो । राप्रपाले भोट नमागिदेउ भोट काटिन्छ, दुस्मनले जित्छन् । भनेर राप्रपाका मान्छेलाई भेटेर मैले भनेको थिए ।
उनलाई आशा रहेछ, रवि लामिछानेलाई परेका हरेक आपत्तिमा सबैभन्दा बढि ज्यान दिएर बोल्ने मान्छे म थिए । पुराना भ्रष्टाचारीको नेटवर्किगंलाई उहाँले ब्रेक लगाउने काम गर्नुहुन्छ ? नयाँ केहि गर्नुहुन्छ कि ? भन्ने आशा थियो, तर त्यो आशामाथि कुठाराघात भएको भन्दै रास्वपाविरुद्ध अभिव्यक्ति दिईन् । रवि सहि भएको भए कसैसँग मिल्न जरुरत थिएन, आफ्ना कर्तुतहरु लुकाउन, गलत मान्छेहरुसँग मिलेर आफ्ना गल्ति लुकाउन पर्ने अवस्था कसरी आयो ? कांग्रेस प्रचण्डसँग मिल्न जानुपर्थो ? २ वर्ष ३ वर्ष पर्खेको भए पनि हुन्थ्यो, तर सत्तामा जानुपर्यो, गलत्याईयो । फेरि चितवनको चुनावमा जानैपर्ने, चुनाव लड्नैपर्ने प्रचण्डकै खुट्टा ढोग्नुपर्ने, कांग्रेसकै खुट्टा ढोग्नुपर्ने हो ? भन्दै आक्रोश पोखिन् । जनताले एमाले कांग्रेसको टिप्पणी गर्नुपर्दैन, रास्वपा र राप्रपा गर्नुपर्छ । किनभने उनीहरुले नयाँ केहि गर्नुपर्छ भनेर आशा देखाएर आएका छन् । नयाँ आशाले झनै हामीलाई चिप्लाईदिन्छन् भने, हामी जनता भनेका पार्टी भित्रका कार्यकर्ता होईन । पर्ख र हेर भन्ने होईन, कति पर्खने ? हाम्रो जुनि गएन ?
राष्टपतिको निर्वाचनको दिनमा असली रुप चिनिन्छ भन्ने उनलाई लागेको थियो । त्यो दिनपछि रविका विरुद्ध बोलिन्छ भनेर राजतन्त्र र हिन्दु राष्टवादीलाई उनले भनेकी थिईन् । आखिरीमा एमसीसीको मालिक, एसपीपीको मालिक नागरिकता विधेयकको मालिक, महाकाली सम्धीको नाईकेलाई राष्टको टाउको बनाएकामा ताराको टाउको दुखेको छ । रवि र रास्वपाविरुद्ध प्रश्न गर्ने बेला आएको ताराको अनुमान छ । मलाई सबैभन्दा बढि चित्त दुखेको छ । हामीले अब सबैले प्रश्न गरौं । हिजो भोट मागियो लाज लाग्छ होईन । हामीले नेता छान्यौं उनले हामी विरुद्ध कु गर्यो अब हामीले हेर्ने होईन । उ विरुद्ध उभिने हो । अनि पो देश बन्छ, उनीहरु सच्चिन्छन् । मेरो धारणा सिद्धान्त नै यहि हो ।
साना साना गल्तीलाई पनि लुकाएर चुनावमा हामीले जिताएको होईन । पटकपटक बोलेर बचायौं त के पायौं ? राष्टघातीलाई राष्टको टाउँको मान्दिनु । प्रधानमन्त्री र राष्टपति दुबै राष्टघाती छान्दिनु । यो भन्दा ठुलो कुठाराघात अरु केहि हुदैन । पार्टीको नाम फरक भो व्यवहार त एउटै भएन र ? रास्वपालाई सिद्याउने अभिव्यक्तिसँगै उनी रवि विरुद्धको मिसनमा केन्द्रित छिन् । अब उनको बाँकी मिसन कसरी अघि बढ्छ हेर्न बाँकी छ ।