#ह्यासट्याग जस्टिस फर सुरक्षा थापा ।
यो ट्रेन्ड अहिले सामाजिक सञ्जालभरी छ । खास के हो रु को हुन् सुरक्षा थापा रु नाम सुरक्षा भएपनि सञ्जालमा भनिएजस्तै के उनी असुरक्षित भएकै हुन् त ? यो लेखमा हामी सम्पूर्ण चर्चा गर्नेछौँ । सबैमाझ लोकप्रिय टिकटक वह पोख्ने माध्यम पनि बन्दै गएको छ । व्यूटी पेजेण्टका दौरान आयोजकद्वारानै यौन दुव्र्यवहारमा परेको भन्दै काठ्माण्डौकी सुस्मिताले सुरुमा टिकटकमै बोलिन्, बह पोखिन् । यतिबेला अभियुक्त जेलमा छन् । टिकटकमा रमाइलोमात्रै हुदैन, कहिलेकाही गम्भीर विषयहरु बाहिर आइरहेका हुन्छन् । सुरक्षा थापाले यही चैत ३ गते टिकटकमा बह पोखिन् । पोखराको विश्वविद्यालयमा अध्ययनरत सुरक्षाले परिवारबाटै यौन हिंसामा परेको सार्वजनिक गरिन् । न्यायका लागि अपील गरिन् । अंग्रेजी माध्यममा पीडा लेखिन्, भिडियोमा आँफु देखिएकी थिइन् । उनले यस्तो लेखेकी थिइन् :
सबैलाई नमस्ते म ‘पोखरा विश्वविद्यालय’ पीयु बाट सुरक्षा थापा । आज म तपाईहरु संग मेरो समस्याहरु साझा गर्दैछु ताकि तपाईले मेरो पीडा बुझ्नुहुनेछ । पहिले मलाई पारिवारिक समस्याहरू धेरै थियो , त्यसैले डिप्रेसन र चिन्ता भयो । डाक्टरले मलाई शान्त ठाउँमा बस्न सुझाव दिए । आमाको भाई र उनकी श्रीमतीले मलाई उनीहरूको घरमा बस्न भने । आमासंग छलफल गरें र अन्त्यमा आमा पनि सहमत हुनुभयो । हाम्रो पारिवारिक सम्बन्ध पहिले राम्रो थियो । तर अचानक मेरो भाइ, आमाको भाइको छोराले मलाई “तिम्रो बुब्स धेरै ठूला छन् त्यसैले म तिमीलाई बुब्सी भनेर बोलाउछुँ है” भन्यो । र त्यो क्षण मलाई धेरै नै नराम्रो लाग्यो । दिनप्रतिदिन म पहिले जस्तै बिरामी हुँदै गए । त्यसपछि म हरेक दिन मेरी आमालाई फोन गर्न थाले । उहाँलाई आउनको लागि अनुरोध गर्थे । तर उहाँ व्यस्त हुनुहुन्थ्यो त्यसैले उहाँ आउने मौका पाउनु भएन ।
मैले उसलाई मेरो भाइ हो भनी सोचेर माफ गरें । मलाई लाग्यो उसलाई मौका दिनुपर्छ । मैले भनेको पनि थिएँ मलाई त्यो नामले नबोलाउन अनुरोध गरें । तर भोलिपल्ट पनि घरमा कोही नभएको बेला मौका छोपेर ऊ मेरो छेउमा आएर बस्यो । मलाई फेरि त्यो नाम “बूब्सी“ भनेर बोलायो । मेरो बुब्स छोयो । म त्यहाँबाट दौडे । भोलिपल्ट पनि उसले मेरो शरीर छुन थाल्यो । मैले त्यो सम्हाल्न सकिन । मैले मेरो नाडी समेत काट्न थाले । त्यतीमात्र हैन मलाई आत्महत्या गर्ने सोच पनि आयो । तर डरले गर्दा मैले उसको आमाबुवालाई बताउन सकिन । मेरी आमाको भाइ र उसको श्रीमती किनकि मेरी आमाको भाइ उसको बाबाले मेरो छोरो जस्तो निर्दोष अनि राम्रो अरु कोहि छैन भन्ने गर्थेँ । त्यसैले मलाई थाहा थियो कि उसले मलाई विश्वास गर्दैनन् भनेर ।
मेरो स्वास्थ्य बिग्रियो त्यसैले म अब मेरो मामाको घरमा बस्न नसक्ने भन्दै अस्पताल गएँ । मेरी आमा स्कूलको पोशाक ल्याउन मामाको घरमा गइन् । मेरी आमाको भाइको श्रीमती र उनको छोरीले मेरो आमालाई सरापे, गाली गरे । त्यति मात्र होइन दिउँसो मेरी आमाको भाइले मलाई फोन गरेर चेतावनी दिए । “म जहाँ तलाई देख्छु ,म तलाई मार्छु” । यी सबै आघातको कारणले गर्दा म मेरो वर्तमान जीवन र मेरो अध्ययनमा राम्रो गरिरहेको छैन ।
टिकटकमा लेखेका यी व्यथाहरु सुन्दा मननै सिरिङ हुन्छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान थालेको छ । सुरक्षा असुरक्षित नबनुन् । उनले न्याय पाउन् । यौन दुव्र्यवहारको शिकार कोही हुन नपरोस् ।