काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
Advertisement
शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकबाट समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठकबाट उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उमेदवारका पक्षमा मतदान गर्ने भन्ने निर्णय लिइनेछ । उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदै छ । रासस