काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरुलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् । कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त हुने भन्दै राष्ट्रपति पौडेलले कार्यक्रम स्थगित गरेको उनका निकट सहयागीले जानकारी दिएका छन् ।
Advertisement
पौडेलले जाम कम हुने समयमा सहिद गेट पुगेर सहिदहरुलाई माल्यार्पण गर्ने तयारी गरेका उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।