काठमाडौं । सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
Advertisement
बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।
जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।चैत तीन गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।