युवराज पौडेल सफललाई यतिबेला नचिन्ने सायदै होलान् । उनी रवि लामिछानेको कट्टर आलोचक हुन् । एकाएक राजनीतिमा उदाएका रवि लामिछानेलाई अनेक विवादमा फसाएर राजनीतिक करियरनै ध्वस्त पार्ने षड्यन्त्रमा लागेको व्यक्ति हुन् युवराज सफल भनेर चिन्नेहरु धेरै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता प्रकरणमा उजुरी दिएपछि सांसद पदनै गुम्यो । गृहमन्त्री पद पनि गुम्यो । वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुदैछ । रवि फेरी उम्मेदवार बन्ने तयारीमा छन् । तर, युवराजले पासपोर्टको मुद्धा हाल्ने, पार्टी अवैधानिक छ भन्दै उजुरी दिने तयारीमा छन् ।
धेरैलाई लाग्न सक्छ– युवराज परिचालित छन्, रविलाई सिध्याउन । युवराजलेनै सार्वजनिक अभिव्यक्ति दिदा भन्न छुटाउँदैनन्–रविलाई भित्तामा पु¥याएरै छाड्छु । रविको क्रेज मंसिर–४ को चुनावमा निकै बढ्यो । देशकै चौथो दल पनि बन्यो । तर, रविलाई युवराजले अनेक कानुनी झमेलामा पार्न लागिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा २१ जनाको नाम समावेश थियो । रवि पार्टी दर्ता गर्न योग्य छैनन्, पार्टीनै अवैधानिक छ भन्ने बहस चलाउन थालेका छन् ।
रवि विरुद्ध लगातार प्रहार गर्दै आएका युवराज वास्तवमा को हुन् ? उनी वकिल हैनन् । अडिट, संघसंस्था दर्ता, नविकरण, विधान बनाउने जस्ता कामहरु गर्ने व्यक्ति हुन् । उनी नेता पनि हुन् । स्वघोषित वामपन्थी नेता हुन् । नेपाल समाजवादी केन्द्रका सर्वोच्च नेता हुन् । उनले अहिले नेपाल समाजवादी मोर्चा गठन गरेका छन् । त्यसको उनी संयोजक हुन् । समाजवादी शक्तिलाई एकतावद्ध गर्ने भन्दै मोर्चा बनाएका छन् । उनले साउनमै समाजवादी केन्द्र हस्तान्तरण गर्न तयार रहेको भन्दै विज्ञप्ति पनि जारी गरे । शिर्षनेताहरुलाई कारवाही गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।
अचम्मको कुरा छ । उनको पार्टीको कार्यालय कहाँ छ ? उनका कार्यकर्ता कहाँ छन् ? भेट्नै सकिदैन । उनी रवि विरुद्ध उजुरी दिनुभन्दा पहिले गुमनाम थिए । २०५४ सालदेखि उनी राजनीतिमा सक्रिय थिए । उनले आँफुलाई जन्मजात कम्युनिष्ट भएको दाबी गर्छन् । मेजर नेपालीमा व्याचलर गरेका युवराज सिन्धुलीमा जन्मेका हुन् । पहिले जनमोर्चामा थिए । पछि माओवादीमा लागे । माओवादी, एकिकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले समाजवादी पार्टी गठन गर्ने होमवर्क गरिरहेका बेला युवराज मोर्चा बनाएका छन् । समाजवादी केन्द्र पार्टीको नाम बोकेर हिडेका छन् । उनी नेता हुन्, तर चिनिएका थिएनन् । धर्ना, जुलुश, सभा गर्ने कार्यकर्ताको जमात उनीसँग छैनन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, तत्कालिन नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई पार्टीबाट निकालेको घोषणा गर्ने व्यक्ति थिए युवराज । पार्टीमा प्रवेश गर्ने, अनि शिर्ष नेतालाई कारवाही गर्ने व्यक्ति हुन् । सफल पहिले माओवादी निकट अनेरास्ववियुका सिन्धुली जिल्ला कमिटी सदस्य थिए । पछि केन्द्रीय सदस्य पनि भए ।
पछि युवराजले पार्टी अध्यक्षलाईनै हटाएको घोषणा गरे । पछि माओवादीले साधरण सदस्य पनि नरहने गरी कारवाही ग¥यो । त्यसपछि नेकपा क्रान्तिकारी पार्टीमा प्रवेश गरे । त्यहाँ पनि उही व्यवहार दोहो¥याए । पछि वामदेवलाईनै ५ बुँदे आरोप लगाएर नेकपा राष्ट्रिय एकता अभियानका संयोजकबाट हटाए । पछि उनले अभियानबाट पनि राजिनामा दिए । उनी यही असोजमा पक्राउ परेका थिए । रवि लामिछानेलाई सिध्याउन ६० लाख प्रस्ताव आएको बताउने उनी रवि विरुद्ध लागेर एक रुपैयाँ काम पनि नकमाएको जीकिर गर्छन् । बैशाख १० मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार बन्नै नपाउने, पासपोर्ट प्रकरणमा एक हप्तामै पक्राउ पर्ने जीकिर गर्छन् । युवराज सफललाई रवि समर्थकहरुले महादुस्मनका रुपमा चिन्छन् । युवराजको पार्टी छ । तर, पार्टी अहिलेसम्म चुनावमा भाग सम्म लिएको छैन । पार्टीमा करोडौ कार्यकर्ता रहेको अडान गर्ने उनले अहिलेसम्म आमसभा गरेका छैनन् ।
गैरनेपालीले लिएका नागरिकता छानविन गर्ने अभियान चलाएका छन् । रविले कानुनको सम्मान नगर्दासम्म, आत्मसमर्पण नगर्दासम्म खेदिरहने उनको अडान छ । युवराज सफललाई एउटा सुझाव छ– देशमा रविलाईमात्रै देखिरहने, रविप्रति जनताको मायालाई छियाछिया पारेर तपाईले के पाउनुहुन्छ ? सक्नुहुन्छ– भ्रष्टाचारीहरुको फाइल खोल्न उजुरी दिनुस् । वेथितिहरु रोक्न कदम चाल्नुस् । एउटा व्यक्तित्वमाथि लागिपरेर बहादुर नबन्नुस । युवराज सफलप्रतिको जनआक्रोश बढेको छ । युवराज साँच्चिकै सफल बन्ने हो भने रविको विरोधमात्रै होइन, अन्य वेथितिविरुद्ध पनि बोल्ने आँट गर्नुपर्छ ।