काठमाडाैँ- सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक बिहीबार संसदमा दर्ता हुने भएकाे छ। आज बिहान आठ बजे बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो। गत मंगलबार बिहान बसेकाे माओवादी धारका नेताहरूकाे बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयाेगबाट अगाडि बढाउनुपर्ने बताएकाे थियाे।
Advertisement
यता, नेपाल बार एशोसिएशनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू आयाेगबाटै अगाडि बढाउनुपर्ने जनाएकाे थियाे। यसैगरी, आजकाे मन्त्रिपरिषद बैठकमा फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि भएकाे छ।