अष्ट्रेलिया । नेपाली जनप्रगतिशील मन्च साउथ अष्ट्रेलिया पुर्नगठन भएको छ ।
Advertisement
(२०२२–२०२४) को तेस्रो बैठकले क्रिश भट्टराई अध्यक्ष र कौशल उप्रेतीलाई सचिवको जिम्मेवारी दिने निर्णय गरिएको मन्चका सचिब बिक्रम शर्माले बताएका छन् । संगठन विस्तार गर्ने क्रममा सो जिम्मेवारी दिईएको उनले बताए ।
प्रविण कंडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेन्डामा छलफल गरेको थियो । आगामी एनआरएनएको चुनावी तयारी र रणनितिबारे छलफल भएको महासचिव चुन्ना क्षेत्रीले जनाए । सोही बैठक लगत्तै ओसियान बैठकका लागि शेषमणि शर्मालाई हस्तांतरण गर्दै मन्चका अध्यक्ष प्रविण कंडेलले बैठकको समापन गरेका थिए ।