भरतपुर । चितवन प्रहरीले अवैध रुपमा लत्ताकपडा ल्याएको आरोपमा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । भरतपुर–१० स्थित केन्द्रीय बसपार्कमा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्वबाट चितवन तर्फ आउदै गरेको ग १ ख ३३३२ नम्बरको भाडाको ट्रकमा बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका विभिन्न खुद्रा सामानहरू ल्याउँदै गरेको ट्रक कारवाहीमा परेको हो ।
Advertisement
बिल बिजक भन्दा बढी समान ल्याएकाले ट्रक र ट्रकका चालकलाई कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।