भरतपुर । चितवन प्रहरीले झण्डै १ करोड १० लाख बराबरका चोरीका गरगहना जफत गरेको छ । चोरीका गरहना ओसारपसारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका ४२ वर्षिय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षिय गणपत्र कुमार तोसावर र ४२ वर्षिय नरेश बर्मा रहेका छन् ।
उनीहरु भारतीय कारमा सवार थिए । भरतपुर महानगर–१२ स्थित गोन्द्राङ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा पक्राउ परेका हुन् । कारको ड्राइभर बस्ने सिटको पछाडिको सिटमुनी (यासेन्जरको सिट), गिर बक्स भित्र र एयर भिल्टरभित्र लुकाएर बहुमूल्यका गरगहना ओसारेको सूचना पाएपछि प्रहरी खटिएको थियो ।
प्रहरीले ६३ दशलमव ८९ तोला सुन, २२ दशलमव ८७ तोला हिराजडित गरहगना जफत गरेको हो । डक्लुबी १२ एभी ५५६६ नम्बरको नेक्सन कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ । चितवन प्रहरी प्रवक्ता विजयराज पण्डीतले घटनाबारे अनुसन्धान भैरहेको बताए ।