काठमाडौँ । यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट खेलमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ । नेपालले मंगलबार मलेसियालाई १० विकेटले पराजित गर्दै आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । यसअघि सोमबार हङकङलाई ९ विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो ।
मंगलबार मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार ग¥यो । नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र अर्जुन कुमालले नटआउट २१ रन जोडे । त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो । नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ ।
युएईलाई पराजित गरे नेपालले सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्नेछ । प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ ।
नेपालले सन् २०१६ देखि यू–१९ विश्वकपमा स्थान बनाउन सकेको छैन । सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू–१९ विश्वकप गुमाएको थियो । सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो ।