काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । काठ्माण्डौमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु रहेको बताए । ४२ दिन मन्त्री बनेका गिरीले मन्त्रालयका समस्या समाधान गर्न अध्ययन गरेर काम गर्नेबेलामै बाहिरिनुपरेको बताए । मन्त्रालयका कमिकमजोरी केलाएर समाधान गर्न सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तरक्रिया गर्ने जस्ता काममा व्यस्त बनेको बताए । उनले स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएकै बेला बिदा लिनुपर्ने अवस्था बनेको बताए ।
निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पु¥याउनुपर्ने उनको सुझाव छ । स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको बताए । उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए ।