काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेका सबै मन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । एमालेबाट मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए ।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका थिए ।
सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । यसअघि आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले रोकेका थिए ।