काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला बोलाएका छन् । आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँन लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार पौडेल रहेका छन् भने एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई उठाएको छ । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनको मतदाता हुन्छन् ।