भरतपुर । सत्तारुढ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) अमर जनशक्ति क्याम्पसको आयोजनामा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
१० वटा समुह सहभागी भएको सो प्रतियोगितामा विविएस पहिलो वर्ष प्रथम, विविएस दोस्रो वर्ष द्धितिय भएका छन् । कक्षा १२ तेस्रो स्थानमा रहन सफल भएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सद्स्य अशोक देबकोटा प्रमुख अतिथि रहेका थिए भने, क्याम्पस प्रमुख राम प्रसाद तिवारी र नेकपा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल उपस्थित थिए । क्याम्पसका पुर्व अध्यक्ष सुरेश बास्तोला, जिल्ला सदस्यहरु अनुप प्रसाइ, बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गरेका हुन् ।
प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षमा सम्पन्न भएको थियो। आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनलाइ लक्षित गर्दै अखिल(क्रान्तिकारी)ले सो प्रतियोगीता आयोजना गरेको हो ।