काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउनेबारे पुरानो गठबन्धनका शिर्ष नेताहरुबीच सहमति बनेको छ । बालुवाटारमा बसेको बैठकले राष्ट्रपति नेपाली कांग्रेसाई दिने टुंगो लगाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । तर, अन्ततः नेपाली कांग्रेसलाई दिने समझदारी बनेको हो ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको बताए ।