भरतपुर । राष्ट्रिय आधारभुत बिद्यालय अन्द्रौलीको अध्यक्षमा हरिलाल न्यौपाने निर्विरोध चयन भएका छन् ।
शुक्रबार भरतपुर–२८ विद्यालय परिसरमा भएको भेलाले विद्यालय व्यवस्थापन समितिको ३ वर्षे कार्यकालका लागि न्यौपानेको नेतृत्वमा ८ जना सदस्य चयन भएका हुन् । सदस्यहरुमा अर्जुन गौतम, उर्मिला गौतम, विष्णु वोहोरा क्षेत्री, तुलसीराम कंडेल, गिता देवी दर्जी र वडा प्रतिनिधि सदस्य रहने व्यवस्था अन्र्तगत नर्बदा सापकोटा रहेका छन् ।
सदस्य सचिव स्वतः विद्यालयका प्रअ डोल राज भण्डारी भए भने १ जना सदस्य शिक्षक प्रतिनिधि पछि मनोनित गरिने जनाईएको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेले विद्यालयको शैक्षिक, भौतिक गुणस्तर वृद्धिमा प्राथमिकता दिने बताए ।
निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सापकोटाको अध्यक्षतामा भएको भेलाले ऋषिराम सापकोटा नेतृत्वमा ५ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । सदस्यहरुमा वीना कंडेल, वृन्दा पौडेल, पवित्रा बि. क., दुर्गा सापकोटा निर्विरोध चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै भरतपुर २८ का वडा अध्यक्ष डण्डपाणी रिजालले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि योजना निर्माण गर्न नवगठित समितिलाई सुझाव दिएका छन् । भरतपुर महानगरपालिकाको विद्यालय निरिक्षक दिपक सिग्देल , वडा सदस्य श्री नर्बदा सापकोटा एवं स्थानीय वुद्धिजिविहरुको सहभागीता रहेको थियो ।