भरतपुर । सौराहामा इजरायली नागरिक मृत भेटिएका छन् । रत्ननगर–६ हात्तिसार नजिकैको जंगलमा विदेशी नागरिक मृत फेला परेका हुन् । जंगली हात्तीले आक्रमण गरि मारेको हुनसक्ने प्रहरीले जनाएको छ ।
Advertisement
मृतकको फेला परेको ड्राइभिङ लाइसेन्सका आधारमा उनी विदेशी नागरिक रहेको खुल्न आएको थियो । मृतक इजरायलका करिब ३० वर्षिय समिउल बोइकनर रहेको खुलेको छ । हात्तीसार देखि करिब ६ सय मिटर परको जंगलमा उनी मृत भेटिएका थिए । सौराहा घुमफिरका लागि उनी आएको जनाइएको छ ।