काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।
Advertisement
बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए ।थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् ।
उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् । आफ्नाो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका हुन् ।गगनले पत्रकारसँग भने, ‘विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं।