भरतपुर । आमाको हत्या गरेको आरोपमा भरतपुरमा १ जना छोरा पक्राउ परेका छन् । भरतपुर–११ गणेशस्थानमा बस्ने ७८ वर्षिया मिनाकुमारी घलेको हत्या गरेको आरोपमा उनका छोरा ४० वर्षिय पुरन पक्राउ परेका छन् । मिनाकुमारी बुधबार राती ९ः२५ बजे घरमै मृत भेटिएकी थिइन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
Advertisement
चितवन प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले घरायसी विवादका कारण छोराले दाउरो प्रहार गरेकोे खुल्न आएको बताए । मादक पदार्थ सेवन गरेर आमा–छोराबीच झैझगडा भएको थियो । पुरन कान्छो छोरा हुन् ।
पुरनलाई प्रहरीले आज (बिहीबार) दिउसो साढे १२ बजे घर नजिकैको चौरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरी नायव उपरीक्षक पण्डीले कर्तव्य ज्यान सम्बन्धि कसूरमा म्याद थप गरि अनुसन्धान भैरहेको बताए ।