काठमाडौँ । पुरानो गठबन्धनका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो ।
Advertisement
अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ ।
संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।