काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताएका छन् । राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गर्ने क्रममा नेकपा एससँग पनि कुराकानी भएको उनले बताए ।
Advertisement
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरुसँग पनि छलफल गर्ने बताए । ‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन’उनले भने ।
नेता श्रेष्ठले अगाडि भने, ‘हामीले छलफल त सबैसँग गर्दैछौं । एमाले अध्यक्षसँग हाम्रो पार्टीका अध्यक्षले छलफल गरिरहनुभएको छ । अहिले एकीकृत समाजवादीसँग गरेका छौं । जनता समाजवादी पार्टीसँग गर्दैछौं । नागरिक उन्मुक्ति पार्टी, जनमत लोसपा सबैं पार्टीसँग छलफल गर्छौं ।’