काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवामाथि भरोसा भएको बताएका हुन् ।
Advertisement
उनले सर्वोत्कृष्ट समाजको निर्माणका लागि मनोबल बढाउन आग्रह गरेका छन् । उनले कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्नसमेत आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।