चन्द्रौटा । रौतहटमा हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने वर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न भएको आरोपमा छोरा मग्निराम पासी पक्राउ परेका हुन् ।
Advertisement
मग्निराम मंगलबार विहान बुबा र श्रीमतिलाई नग्न अवस्थामा देखेपछि बुबाको हत्या गरेको आशंका प्रहरीले गरेको छ । मग्निरामले हत्या गरेपछि राती ११ बजेतिर डोरीमा बाँधेर झुण्डाएको हुनसक्ने प्रहरी अनुमान छ । मगरे बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
घटनास्थलमा पुग्दा शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान थालेको थियो । हत्यामा संलग्न मृतकको छोरा ३० वर्षिय मग्निराम र बुहारी २६ वर्षिया मिमा पासीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजगं शाहीले जानकारी दिए ।