काठमाडौं । आसन्न राष्ट्रपति चुनावबारे प्रधानमन्त्रीले लोसपा अध्यक्षसँग भेट गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेट भएको हो । लोसपाले राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न बुधबार पार्टी बैठक बोलाएको छ ।
Advertisement
लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार राष्ट्रपति निर्वाचनको विषयमा ठाकुर र प्रधानमन्त्रीबीच छलफल भएको छ । लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई सर्वसम्मत राष्ट्रपति उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको र त्यसकै लागि आज प्रधानमन्त्रीसँग छलफल गरेको भण्डारीले बताए ।