भरतपुर । पूर्वि चितवनबाट ५३ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्रागरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर १६ बस्ने ३० वर्षिय अर्जुन दर्जि र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Advertisement
आज बिहान १ वजे राप्ती नगरपालिका वडा नम्बर १ लोथरमा चेक जाचका क्रममा पिप्लेबाट लोथर तर्फ जाँदै गरेको वा ३ च २५०४ नम्वरको गाडिमा लुकाई छिपाई लैजादै गरेको समयमा गाँजा बरामत गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।