काठमाडौं । भारतीय कुटनीतिज्ञ एवं नेपाल मामलाका जानकार एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित उम्मेदवार सुझाएका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति खोज्नुपर्ने माग जायज भएको उनले बताए ।नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेका बेला मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नाम समेत सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सहमतिबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ राष्ट्रपतिका लागि देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम समेत लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ ।यही असमझदारी बीच सत्ता गठबन्धन संकटमा परेको छ ।
एमालेसँग असमझदारी बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सम्वाद अघि बढाएका छन् ।हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।