काठमाडौँ । फागुनकाे अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न आज सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
Advertisement
पछिल्लो समय माओवादी केन्द्र नेकपा (एमाले)लाई राष्ट्रपति नदिने मनस्थितिमा देखिन्छ । यसै परिपेक्षमा आइतबार साँझ नपाली कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपति सहयोग गर्न अनुरोध गरेपछि प्रचण्डले आज त्यसबारे पदाधिकारी बैठक बोलाएको एक माओवादी नेताले बताए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।